टी-२० सिरिज : नेपालले टस हार्याे, पहिले फिल्डीङ गर्ने

टी-२० सिरिज : नेपालले टस हार्याे, पहिले फिल्डीङ गर्ने

काठमाडाैं । 

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

आज नेपाल र नामिबियाबीच हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ।

नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।

आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजपछि तीन देशबीच टी-२० सिरिज हुन लागेको हो।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपको तयारीका लागि तीन देशले टी-२० सिरिज खेलेका हुन्।