उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा २१ वर्षीया सुत्केरीको मृत्यु

उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा २१ वर्षीया सुत्केरीको मृत्यु

काठमाडौं ।

खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ।

दिक्तेल रुपाकोट मुझुवागढी नगरपालिका-७ की २१ वर्षीया लक्ष्मी बस्नेत बुढाथोकीको मृत्यु भएको हो।

उनले फागुन ७ गते जिल्ला अस्पतालमा नर्मल रूपमा छोरी जन्माएकी थिइन्। त्यसपछि उनको अवस्था सामान्य भएकाले उनलाई घर लगिएको थियो। तर आइतबार स्वास फेर्न गाह्रो भएको भन्दै पुन: अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

‘सोमबार जिल्ला अस्पतालले काठमाडौं लैजान रिफर गरेको थियो। काठमाडौं लग्ने क्रममा सिन्धुलीको मूलकोटमा उनको मुत्यु भएको हो,’ उनले भने।