धरान एक्स्पो : दिनभर प्रवेश शुल्क नलाग्ने

धरान एक्स्पो : दिनभर प्रवेश शुल्क नलाग्ने

धरान ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजना गरेको ‘धरान एक्स्पो–२०८०’ सुरु भएको छ ।

एक्स्पोमा बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरु आउँदा त्यसै अनुसार ५ बजेपछि टिकट सिस्टम राखेका छौँ ।’

एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरुरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ । एक्स्पोमा नेपाल, भारत बंगलादेश, पाकिस्तान लगायतका देशहरूबाट प्रर्दशकहरूको उपस्थिति रहेको छ ।