राजेन्द्र महतोले छाडे लोसपा

राजेन्द्र महतोले छाडे लोसपा

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा समेत गरेका छन् ।

उनले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर उक्त अभियान चलाउने भएका हुन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।