संसदमा एमालेकाे नाराबाजी

संसदमा एमालेकाे नाराबाजी

काठमाडौं ।

एमालेसहित प्रतिपक्षी दलले सोमबार सदनमा सरकारको कडा आलोचना गरेका छन् ।

 

विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे ।

एमालेका सांसदले संसदमै नाराबाजी गरे ।  नाराबाजी गर्नुअघि एमाले सांसदले सभामुखको रुलिङलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।

एमालेसहितका प्रतिपक्षी सांसदहरुले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोग प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहित स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा वा बर्खास्त गर्न माग गरे ।

एमालेका सांसदले यस विषयमा आइतबार र सोमबारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका थिए । तर, जवाफ नदिएपछि सोमबार सदनमै नाराबाजी गरेका हुन् ।
एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।