चीनको अपार्टमेन्टमा आगलागी,१५ जनाको मृत्यु

चीनको अपार्टमेन्टमा आगलागी,१५ जनाको मृत्यु

काठमाडौं ।

पूर्वी चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको निधन भएको छ।

घटनामा ४० भन्दा बढी घाइते भएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

नानचिङ सहरको इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। आगलागीको कारण भने प्रस्पष्ट भइसकेको छेन।

शुक्रबार बिहान ४:४० मा आगो लागेपछि २५ वाहन र १३० अग्निनियन्त्रक खटाइएको थियो। ६ बजे आगो नियन्त्रणमा लिइएको थियो।

उपचाररत ४४ घाइतेमध्ये एकको अवस्था नाजुक रहेको बताइएको छ।