३ वटा बिहे नफापेका ६१ वर्षीय टम क्रुजको फेरि ब्रेक अप, १० दिन पनि टिकेन खैरोभासँगको लभ

३ वटा बिहे नफापेका ६१ वर्षीय टम क्रुजको फेरि ब्रेक अप, १० दिन पनि टिकेन खैरोभासँगको लभ

लस एञ्जलस ।

हलिउड अभिनेता टम क्रुजको ब्रेक अप भएको छ । ६१ वर्षका अभिनेता र उनकी गर्लफ्रेन्ड रसियन सोशलाइट एल्सीना खैरोभाबीच ब्रेक अप भएको हो ।

क्रुजले लामो समयदेखि ३६ वर्षीय खैरोभासँग डेट गरिरहेका थिए । क्रुजले फेब्रुअरी १३ मा सामाजिक सञ्जालमा खैरोभासँगको आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । उक्त घोषणा भएको १० दिनमै उनीहरुको ब्रेकअप भएको खबर बाहिर आएको छ ।

टम क्रुजले आफ्नो इन्ष्टाग्राम अकाउन्टमा खैरोभाको तस्बिर पनि डिलिट गरिदिएका छन् । यी अभिनेताको सम्बन्ध टुक्रिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनका कयौँ गर्लफ्रेन्ड थिए । टम क्रुजले तीन वटा बिहे गरेका थिए ।

तीनै जनासँग यिनले सम्बन्ध विच्छेद गरिसकेका छन् । यी विवाहबाट टम क्रुजका तीन सन्तान छन् ।

खैरोभा रुसी सोशलाइट हुन् । हिजोआज उनी लण्डनमा बस्दै आएकी छिन् । मिडिया रिपोर्टका अनुसार खैरोभा सम्पन्न राजनीतिक परिवारकी सदस्य हुन् । उनी रुसी मन्त्री रिनाट खैरोभकी छोरी भएको बताइएको छ ।

खैरोभाले यस अघि हिरा व्यापारी दिमित्री स्वेतकोवासँग बिहे गरेकी थिइन् । तर सन् २०२० मा उनीहरुको सम्बन्ध विचछेद भयो । खैरोभा विगतमा पनि मोडल थिइन् । मिडिया रिपोर्टका अनुसार टम क्रुज र अलेसिना खैरोभाको पहिलो भेट एउटा पार्टीमा भएको थियो ।