सांसद सापकोटाको प्रश्न-संसद्का महासचिवको ३ वटा नागरिकता भएको क-कसलाई थाहा छ ?

सांसद सापकोटाको प्रश्न-संसद्का महासचिवको ३ वटा नागरिकता भएको क-कसलाई थाहा छ ?

काठमाडौं ।
संघीय संसद्का महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरूलाई संसद्को महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न समेत गरेका हुन् ।

‘म भन्न चाहन्छु प्रतिपक्षकाहरुलाई-संसद्का महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि तपाईँहरूले उठाएका कुराहरूमा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ, दुई वटा पासपोर्ट छ त्यो थप्नु हुन्न ?’