धरान एक्स्पो : पहिलो दिन ‘रकहेड्स’को प्रस्तुति रहने

धरान एक्स्पो : पहिलो दिन ‘रकहेड्स’को प्रस्तुति रहने

धरान ।

पछिल्लो समय निकै रुचाइएको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले धरान एक्स्पोको पहिलो दिन प्रस्तुति दिने भएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भोली (फागुन ११ गते)देखी ‘धरान एक्स्पो–२०८०’ सुरु हुँदैछ । एक्स्पोको पहिलो दिन मै धरानका दर्शकमाझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउन लागेका हुन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा लोकप्रिय बन्न सफल ‘रकहेड्स’का ‘रङ्ग’, ‘हजार जन्म’, ‘सिधा कुरा’ लगायतका गीत चर्चित छन् । सञ्जय अर्याल, सम्यक लामा, अरुण तण्डुकार र दावा शेर्पा सम्मिलित ‘रकहेड्स’ले हालसम्म बजारमा ४ वटा एल्बम ल्याइसकेको छ ।

‘रकहेड्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
रकहेड्सलाई स्थानीय कलाकार र समूहले साथ दिने छन् । एक्स्पोको पहिलो दिन बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश नि:शुल्क राखिएको र बेलुका ५ बजेपछि प्रवेश टिकट २०० रुपैयाँ रहेको संयोजक श्रेष्ठले बताए ।