१ करोड ३७ लाख आफ्नो खातामा ट्रान्सफर गर्ने वाणिज्य बैंकका कर्मचारी पक्राउ

१ करोड ३७ लाख आफ्नो खातामा ट्रान्सफर गर्ने वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौँ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।

नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।

प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।