आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने अहिले नै निर्णय गरिहाल्नु पर्ने अवस्था छैन : शेरबहादुर देउवा

आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने अहिले नै निर्णय गरिहाल्नु पर्ने अवस्था छैन : शेरबहादुर देउवा

काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय अहिले नै गर्न आवश्यक नरहेको बताएका छन् ।

आजबाट सुरु भएको महासमितिलाई सम्बोधन गर्दै सभापति देउवाले तत्कालीन समयमै यसबारे निर्णय गर्नु उपयुक्त हुने बताए ।

‘भविष्यमा गठबन्धन गर्ने नगर्ने कुरा तत्कालीन अवस्थाको विश्लेषणका आधारमा हुने हो । अहिले नै यसबारे निर्णय गरिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने ।

उनले संविधानमा गरिएको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थाअनुसार एउटै पार्टीले बहुमत ल्याउन नसक्ने सम्भावना न्युन रहेकाले गठबन्धन गर्नुपर्ने बाध्यता आउने गरेको उनको भनाइ थियो ।