पूर्वसचिव भीम उपाध्यायविरुद्ध ४ कराेड बढीकाे भ्रष्टाचार मुद्दा

पूर्वसचिव भीम उपाध्यायविरुद्ध ४ कराेड बढीकाे भ्रष्टाचार मुद्दा

काठमाडौं ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको बताइएको छ ।