नेपाल ‘ए’ले क्यानडालाई दियाे २१७ रनको लक्ष्य

नेपाल ‘ए’ले क्यानडालाई दियाे २१७ रनको लक्ष्य

काठमाडौं ।

एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।

त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।